सुनिल छिदालको “आइ एम सरी” सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । असार २०, २०८०

काठमाण्डौ । सामजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सागीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली “आइ एम सरीु”बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र सगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटकस्टार अनु परियारको साथमा हामी सुनिल छिदाललाई देख्न सक्छौ ।

भिडियोमा अनु परियारको अहिले सम्मकै निकै फरक अभिनय रहेको छ भिडियोलाई न्यायका साथ अनुप चापागाइले निर्देशन गरेका छन् भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

चितवनको भरतपुर महानगरपालिका १७ भुवन बस्तीका स्वर्गीय तुलबहादुर छिदाल र ज्ञानुमाया छिदालको कान्छो सुपुत्रको रुपमा जन्मिएका २० बर्षीय गायक सुनिल छिदालले बिएड प्रमथ बर्षमा अध्ययनरत छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *