विनियोजन विधेयक दुवै सदनबाट पारित

न्भेष्टाेपेपर । असार २९, २०८०

काठमाडौँ ।  संसद्का दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभामा बिहीबारको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो। प्रतिनिधि सभाबाट उक्त विधेयक असार १३ गते नै पारित भइसकेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभाको बैठकमा विधेयक पारितका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नुभएको थियो। विधेयक पारित भएपछि आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ। 

राष्ट्रिय सभाको बिहीबार बिहान १० बजे सुरु भएको बैठकमा अपराह्न ४ बजेसम्म २५ वटा मन्त्रालय तथा निकायको विनियोजन शीर्षकमाथि उठेको सवालको सम्बन्धित मन्त्रीले जवाफ दिनुभयो। उक्त विधेयकको विभिन्न शीर्षकमाथि २४ वटा खर्च कटौतीका प्रस्ताव दर्ता भएका थिए। सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा सबै प्रस्ताव बहुमतले अस्वीकृत भए। (गाेरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *