सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखी आइपिओ विक्री गर्दे, क– कसले भर्न पाउँछन ?

न्भेष्टाेपेपर । साउन १, २०८०

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज श्रावण १ गते देखी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयामा आपिओ निष्काशन गर्न लागेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैया बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयामा नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्नेछ ।

त्यसैगरी निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य रु १०० रुपैयाका दरले छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गते देखी १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकत्तम २०,००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *