सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

न्भेष्टाेपेपर । साउन ३, २०८०

काठमाडौं ।  चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ती सवारी साधन प्राप्त भएको हो ।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव  सुरजकुमार दुराले जानकारी दिनुभयो ।

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र  नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो ।

वि.सं. २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *