राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा नयाँ शाखाहरु विस्तार

न्भेष्टाेपेपर । साउन ४, २०८०

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ ।

नयाँ शाखाहरूमा सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर , मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

बैंकको हालसम्म ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग कार्यालयहरू सञ्चालनमा रहेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *