मुक्तिनाथ विकास बैंक लगातार चाैथाे पटक आईक्यानको ‘गोल्ड अवार्ड’ बाट सम्मानित

न्भेष्टाेपेपर । साउन ७, २०८०

काठमाण्डाैँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष वित्तीय क्षेत्र तर्फ प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारबाट आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ ।

यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो ।

आईक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ । विकास बैंक र वित्त कम्पनी मध्येबाट मक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।

गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *