क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको राष्ट्रिय एकता सम्पन्न

न्भेष्टाेपेपर । साउन ७, २०८०

काठमाण्डौ । क्रान्तिकारी वुद्धिजीवी संगठन नेपालको राष्ट्रिय एकता सम्मेलन ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा यहि श्रावण ६ गते सम्पन्न भएको छ ।

सर्वहारा वर्गिय क्रान्तिको रक्षा र विकासमा क्रान्तिकारी वुद्धिजीवीले वर्तमान परिस्थितिलाई वैज्ञानिक तरिकाले चिर्दै अघि बढ्ने उद्घोषका साथ यो सम्मेलनको आयोजना गरिएको हो । दुई बुद्धिजीवीे संगठन राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपाल र नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन विचको एकता गरी क्रान्तिकारी वुद्धिजीवी संगठन नेपालको गठन गरिएको छ ।

राष्ट्रिय एकता सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ प्रमुख अतिथि हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा क्रान्तिकारी वुद्धिजीवी संगठन नेपालका इन्चार्ज राम सिहं श्रीस र राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुम सिहं लगायत विभिन्न बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला कञ्चनले गर्नुभएकाे थियाे।

सम्मेलनमा उपस्थित महानुभावहरुलाई प्रवक्ता कञ्चले शुभकामना मन्तव्य सहित वुद्धिजीवीहरुलाई कार्यनिर्देश गर्दै उनले भने, ‘कुनै पनि पार्टीको वे्रन वुद्धिजीवी संगठन हो । पार्टीको नीति विचार तथा कार्यदिशा वुद्धिजीवीहरुले राम्रो सँग जनता संग लैजान सक्छन् । यदि त्यो राम्रो सँग वुद्धिजीवीहरुले लैजाने हो पार्टी वलियो तथा क्रान्ति चाँडै संभव हुनेछ । मुलुकमा वढ्दो भ्रष्टाचार छ । लोकतन्त्र वदनाम भएको छ । लोकतन्त्रलाई बचाउन पनि अहिलेका सत्ताधारीले अपराधीहरुलाई कारवाही गर्नु पर्ने वाध्यता छ ।’ प्रवक्ता कञ्चनले संमेलनलाई सम्बोधन गर्दै मुलुक ऋण र अनुदान बाट चलेको छ । नेपाललाई सर्तवन्दीको आधारमा मात्र ऋण तथा अनुदान दिइएको छ । यो विल्कुलै गलत छ उहाँले भन्नुभयाे ।

सम्मेलनमा संगठनका इन्चार्ज राम सिंह श्रीसले दुवै वुद्धिजीवी संगठनहरु एकता वद्ध भई अघि वढ्नु कम्युनिष्ट आन्दोलनको अपरिहार्यता रहेको वताउँदै शुभकामना मन्तव्य दिँदै प्यानल प्रस्ताव प्रस्तुत गर्नु भयो । जसलाई सर्वसम्मत ढंगले पास गरियो ।

राष्ट्रिय एकता सम्मेलनलाई राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवी मञ्चका अध्यक्ष हुकुम सिंहले शुभकामना मन्तव्य दिदै विद्यान प्रतिवेदन प्रस्तुत गर्नुभयो । वहाले शुभकामना मन्तव्यमा वुद्धिजीवीहरु अध्ययन वहस र अन्र्तक्रियामा सामेल हुनुपर्छ । वुद्धिजीवीहरुमा अहिले अध्ययनको कमी छ । रणनीतिक रुपले क्रान्तिलाई अघि बढाउनु वुद्धिहरुको महत्वपूर्ण भूमिका रहन्छ, उहाँले बताउनु भयो ।

सम्मेलनमा नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका सह संयोजक नन्दलाल खरेल र राजनीतिक प्रतिवेदन पेस गर्नु भयो । प्रस्तुत प्रतिवेदनमा उल्लेख छः लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षता , समानुपातिक, समावेशिता जस्ता उपलब्धी मुलुकले हासिल गरेपनि दलाल तथा नोकरशाही पुँजीपती एवं सामान्त वर्गकै अधिकायकत्व चलिरहेको छ ।

राष्ट्रिय एकता सम्मेलनको अध्यक्षता नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन संयोजक वालकृष्ण ओलीले गर्नुभयो भने कार्यक्रममा सहभागी बुद्धिजीवीहरुलाई रविन श्रेष्ठले स्वागत गर्नु भयो भने कार्यक्रम संञ्चालन डा. शम्भु कट्टेलले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *