धार्मिक पर्वको बहानामा अराजकता फैलाउने तत्व बारे विश्व हिन्दू परिषद्काे ध्यानाकर्षण

न्भेष्टाेपेपर । साउन १०, २०८०

काठमाण्डाैँ । देशका विभिन्न स्थानहरूमा मुस्लिम समुदायको धार्मिक पर्व मुहर्रम मनाउने क्रममा आक्रामक शैलीमा हातहतियार प्रदर्शन गर्ने गरिएको प्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति मार्फत जनाएकाे छ ।

तरवार, भाला, गँराश आदि जस्ता हात हथियार लगायत अन्य आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक वर्ष देशका विभिन्न स्थानहरूमा हिन्दुहरुको जनधनमा क्षति पुर्याउँदै शक्ति प्रदर्शन गर्दे आएको बावजुद प्रहरी प्रशासनद्वारा वेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय हो । बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने मुलुकमा एक समुदाय विशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू विरुद्ध शक्ति प्रदर्शन गर्दै हिन्दूहरूलाई तर्साउन खोज्नु दुर्भाग्यपूर्ण रहेको छ ।

धार्मिक पर्वको नाममा अहिले देखि नै हातहतियार प्रदर्शन गर्दै अराजकता फैलाउने तत्वहरुमाथि यथाशीघ्र प्रतिबन्ध लगाउन एवं कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएकाे छ ।

विगतमा श्रीराम नवमी, श्री हनुमान जन्मोत्सव शोभा यात्रा आदिलाई एक समुदाय विशेषको धार्मिक स्थल क्षेत्रमा प्रवेश निषेध गरिए जस्तै मुहर्रम पर्वको बहानामा  हातहतियार सहित निकालिने यात्रा, समूहलाई   हिन्दूहरुको पवित्र धार्मिक ऐतिहासिक स्थलहरु जानकी मन्दिर, राम मन्दिर, रणभूमी मैदान (बाह्रविघा) आदिमा प्रवेष निषेध गराई समाजिक सद्भाव कायम राख्न सम्बन्धित सम्पूर्ण पक्षलाई विश्व हिन्दू परिषद् नेपाल परिवारले हार्दिक अपिल गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *