दुईवटा पाठेघर हुने महिलाले कतिवटा सन्तान जन्माउन मिल्छ ?

न्भेष्टाेपेपर । साउन १५, २०८०

सामान्यतया महिलाकाे एउटा पाठेघर, दुईवटा अण्डासय र दुईवटा नली हुन्छन । कोही कोही महिलामा दुईवटा पाठेघर हुन्छन् तर चिकित्सकका अनुसार त्यस्तो निकै दुर्लभ स्थिति हो।

यस्ताे अवस्थालाई डवल यूटेरस अथवा यूटेरस डाइडेलपिस (Uterus didelphys) भनेर भनिन्छ ।

धेरैलाई आफ्नो दुईवटा पाठेघर छन् भन्ने थाहा समेत नहुने र यसले कुनै पनि दीर्घकालीन समस्या नदिने  स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापा बताउनुहुन्छ। कसैकसैलाई महिनाबारी हुँदा पेट दुख्ने, विवाह पश्च्यात सम्वन्ध राख्दा दुख्ने तथा बच्चा पाउँदा गाह्राे भएर अस्पतालमा चेकजाँचकाे क्रममा पत्ता लाग्ने उहाँ बताउनु हुन्छ ।

दुईवटा पाठेघर कसरी हुन्छ र यसलाई के गर्नुपर्छ?

डा. थापाका अनुसार बच्चाकाे (भ्रुण) विकासहुने क्रममा फ्यूजनमा समस्या अाउँछ त्यसले डवल यूटेरस अथवा यूटेरस डाइडेलपिस बन्दछ । अहिले वंशानुगत गुणले पनि दुईवटा पाठेघर हुनुमा राेल छ भनिन्छ तर त्यसकाे बारेमा राम्राे अध्ययन भएकाे चाँही छैन ।

दुईवटा पाठेघर भएता पनि गर्भाधान र बच्चा जन्माउन खासै समस्या हुँदैन यदी कसैकसैमा गर्भ नरहने, पटकपटक बच्चा तुहिने, सम्वन्ध राख्दा धेरै नै पिडा भएमा सर्जरी गरेर मिलाउनु पर्ने पनि हुनसक्छ । दुईवटा पाठेघर हुने महिलाले पनि अन्य महिलाले जस्तेै जतिवटा बच्चा पनि जन्माउन सकिन्छ ।

डा. थापा भन्नुहुन्छ, दुईवटा पाठेघर हुँदैमा डराउनु पर्ने, लाज मान्नु पर्ने हुँदैन याे कुनै डराउनु पर्ने, लुकाउनु पर्ने र छुपाउनु पर्ने विषय हाेइन ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *