जर्जियामा आत्मसमर्पण गरेका डोनाल्ड ट्रम्प जेल चलान

न्भेष्टाेपेपर । भाद्र ८, २०८०

काठमाडौँ ।  डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ । 

फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक मग शट जारी गरेको हो ।मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो। शंकास्पद व्यक्तिलाई प्रहरी चौकीमा ल्याइने बित्तिकै प्रायः मगशटहरू लिइन्छ।

अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् । ट्रम्प जेल चलान भएपछि जेल बाहिर उनका समर्थकहरुको भिड लागेको छ ।

डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्।

जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो । पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लगाएपछि स्थानीय वा सङ्घीय अधिकारीहरूसमक्ष उनले आत्मसमर्पण गरेका हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *