गरिमा क्यापिटलको ‘सारीमा सेल्फी’ प्रतियोगिता

न्भेष्टाेपेपर । भाद्र १९ २०८०

काठमाडौं । हरितालिका तीजको अवसरमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ ल्याएको छ । भदौ १७ देखि शुरू भएको प्रतियोगिताको समयावधि असोज ५ सम्म रहने बताइएको छ ।

सेल्फी प्रतियोगितामा भाग लिनको लागि इच्छुकले परम्परागत पोशाकमा लिएको आफ्नो तस्वीर कम्पनीको आधिकारिक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने बताइएको छ ।

तस्वीर पोष्ट गर्दा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी’, ‘गरिमा क्यापिटल तीज’, ‘नेपाली फेस्टिभल र गरिमा क्यापिटल लिमिटेड’ जस्ता ह्यासट्याग समावेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । साथै, सहभागीले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाइक र सेयर गर्नुपर्ने बताइएको छ ।

अपलोड भएका तस्वीरमध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको विजेता घोषणा गरी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजार नगद उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *