क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

न्भेष्टाेपेपर । असाेज १०, २०८०

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन् ।

कार्तिक ३, २०८० सम्म चल्ने बैंकका यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *