आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर मनाइँदै

न्भेष्टाेपेपर । असाेज १४, २०८०

काठमाण्डौ । आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच  पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ । बुढ्यौलीले छुँदै गए पछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ ।

ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ रहन घर, परिवार र समाजको सहयोग निरन्तर हुनुपर्नेमा डाक्टरले जोड दिएका छन् । यस्तै, ज्येष्ठ नागरिकले पनि आफूलाई स्वस्थ राख्न खानपानसँगै सामाजिक गतिविधिलाई बढाउनुपर्ने डाक्टरहरूकाे सल्लाह छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *