कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

न्भेष्टाेपेपर । असाेज २७ २०८०

काठमाण्डाैँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएकाे छ। प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । 

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोकाे पनि दाबी पेस भएकाे थियाे । यद्यपि अन्तिम समयमा उहाँले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको बताउँदै सनाखतमा आङ्बो पक्षका समर्थकहरू लागि उपस्थित भएनन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *