कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

न्भेष्टाेपेपर । असाेज २८, २०८०

काठमाण्डाैँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार नै एमालेसँग भएको छलफलमा १/१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ ।

यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले पनि आफ्नो दलको उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *