सुर्यकुण्ड हाइड्रोको धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

न्भेष्टाेपेपर । वैशाख ३१, २०८१

काठमाण्डौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष श्री सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ ।

आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ ।

यस संस्थामा संलग्न समूह द्धारा प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत तथा सौर्य उर्जा उत्पादन गरी राष्ट्रको उर्जा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *