धनकुटा भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा

न्भेष्टाेपेपर । जेठ २, २०८१

हिले ।  धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण सुरु गरिएको थियो । 

धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा रहेको भ्यु टावर भत्काएर स्काई वाकका लागि संरचना गरिएको हो। यो परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको छ । वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले ३० करोड रुपियाँ लागतमा निर्माण गरेको सिसाको स्काई वाक निर्माण अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।

५० मिटर लामो स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भइरहेको हो। जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म हुने र चौडाइ ४ मिटर हुने बताइएको छ। घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो हुनेछ। 

सिसाबाट निर्माण हुने पारदर्शी स्काइवाकले साहसिक पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो। भेडेटारमा निर्माण हुने स्काइवाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *