उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने राष्ट्रपति जेलेन्स्कीको अपेक्षा

न्भेष्टाेपेपर । जेठ ६, २०८१

किएभ (युक्रेन) ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको बताउनुका साथै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिनुभएको छ ।

हालैका महिनामा केवल मध्यमप्रगति गरेका रूसी सेनाले १० मे मा खर्सिव क्षेत्रमा आश्चर्यजनक आक्रमण गरेका थिए जसको परिणामस्वरूप डेढ वर्षमा उनीहरूको सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको छ ।

युक्रेनी सेनाले रोक्नुअघि रुसी सेना उत्तरपूर्वी सीमामा पाँचदेखि दश किलोमिटर अगाडि बढ्न सफल भएको जेलेन्स्कीले बताउनुभयो र यो क्षेत्रमा व्यापक आक्रमणको “पहिलो लहर” हुनसक्ने बताउनुभयो ।

“म रुसका लागि यो एक ठूलो सफलता भन्न सक्दिन तर उनीहरू हाम्रो क्षेत्रमा प्रवेश गरिरहेका छन् भन्नेमा हामी सचेत हुनुपर्दछ”, आक्रमण सुरु भएदेखिको विदेशी मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा उहाँले भन्नुभयो ।

जेलेन्स्कीले खर्सिव क्षेत्रको स्थिति “नियन्त्रण” गरिएको तर “स्थिर नभएको” बताउनुभयो । युद्धको तेस्रो वर्ष बित्दै जाँदा रसियाको हवाई श्रेष्ठताको सामना गर्न थप हवाई रक्षा र लडाकू जेटहरू पठाउनका लागि उहाँले सहयोगीलाई अनुरोध गर्नुभयो ।

“युक्रेनलाई रुससँग हवाई “समानता” हासिल गर्न “१२० देखि १३०” एफ–१६ लडाकू जेट वा अन्य उन्नत विमान चाहिन्छ जेलेन्स्कीले बताउनुभयो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीन भ्रमणका क्रममा मस्कोले “सुरक्षा क्षेत्र” सिर्जना गर्न खोजिरहेको र युक्रेनले सीमा क्षेत्रमा गरेको गोलाबारीको बदलामा उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरेको बताउनुभयो ।

रूसी सेनाले मे ९  र १५ को बिचमा दुई सय ७८ वर्ग किलोमिटर कब्जा गरेको छ । यो २०२२ को अन्त्य पछि उनीहरूको सबैभन्दा ठूलो लाभ रहेको युद्ध अध्ययन संस्थानको डाटाले बताएको हो ।

रुसको आक्रमणपछि युक्रेनले उत्तरपूर्वी सीमा क्षेत्रबाट करिब नौ हजार मानिसलाई उद्धार गरेको छ ।

पुटिनले आफ्नो सीमाबाट करिब तीस किलोमिटर टाढा रहेको युक्रेनको दोस्रो सहर खर्सिवलाई कब्जा गर्ने कुनै इच्छा नभएको बताउनुभयो ।

खर्सिव क्षेत्रका युक्रेनी गभर्नर ओलेग सिनेगुबोभले रूसले खर्सिव सहरबाट करिब बीस किलोमिटर उत्तरपूर्वमा रहेको लुक्यान्ट्सी गाउँ नजिकै आफ्नो पकड जमाउँदै गएको चेतावनी दिनुभएको छ । 

रुसी आक्रमण विस्तारको पूर्वानुमान गर्दा, जेलेन्स्कीले युक्रेनको कर्मचारी व्यवस्थापन र “मनोबल”सम्बन्धी समस्या रहेको स्वीकार गर्नुभयो । 

युद्ध अन्त्यको कुनै सङ्केत नहुँदा, युक्रेनी सेना भर्तीका लागि सङ्घर्ष चलिरहेको छ र लडाकु रोटेसनको अभावमा थकित र रिसाइरहेका छन् ।

धेरै युक्रेनी सैनिक डिस्चार्ज हुने सम्भावना बिना नै निरन्तर दुई वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् ।

शनिबार लागु हुने विवादास्पद परिचालन कानुनअन्तर्गत किभले पुरुषहरूको उमेर सत्ताइसबाट घटाएर पच्चीस बनाएको छ । तर सांसदहरूले छत्तीस महिनाभन्दा बढी सेवा गरेका सैनिकहरूलाई डिस्चार्ज गर्ने विकल्प दिने प्रस्तावलाई खारेज गरेका छन् । 

जेलेन्स्कीले शुक्रबार प्यारोलको बदलामा कैदीहरू भर्ती गर्न अनुमति दिने कानुनमा पनि हस्ताक्षर गर्नुभयो । 

पश्चिमी सहयोगीले युद्धको द्रुत अन्त्यका लागि दबाब दिँदै गर्दा जेलेन्स्कीले युक्रेनले अझै पनि लामो खेल खेल्नेमा जोड दिनुभयो । “पश्चिम युद्धको द्रुत अन्त्य चाहन्छ तर युक्रेनका लागि अन्तिम विजय रुसको पराजय निम्त्याउँछ”, उहाँले भन्नुभयो ।

रूसी सेनाले सीमा नजिकैको लगभग सुनसान सहर भोभचान्स्कलाई नष्ट गर्न थालेको युक्रेनी अधिकारीहरु बताउछन् । उनीहरूले आफ्नो कमान्ड मुख्यालयको रक्षा गर्न “मानव ढाल” का रूपमा प्रयोग गर्न दर्जनौँ सर्वसाधारणलाई पक्राउ गरेको आरोप पनि लगाएका छन् ।

किभले रुस र संलग्न क्रिमिया प्रायद्वीपमा ड्रोन प्रक्षेपण गर्दै यस हप्ता सबैभन्दा ठूलो मध्यको एक हवाई आक्रमण सुरु गर्‍यो ।

रुसी सेनाले देशको दक्षिण क्षेत्र, क्रिमिया र ब्ल्याक सीमा सयभन्दा बढी युक्रेनी ड्रोन खसालिएको बताउनुभयो । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *