राष्ट्रिय वाणिज्य बैङ्कको सिइओमा खनाल

न्भेष्टाेपेपर । जेठ ११, २०८१

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ ।

सीईओ छनोट उपसमितिले सर्टलिस्टमा परेका ५ जनाको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ

बैङ्कको सिइओबाट किरणकुमार श्रेष्ठको कार्यकाल सकिएपछि सिइओ पद खाली थियो । सिइओका लागि छनोटमा परेका पाँच जनामध्येबाट राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

सिइओका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये अन्तर्वार्ताका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शङ्कर केसीसमेत पाँच  जना छानिएका थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनालले व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा एलएलबी गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *