यस वर्ष १० दिन ढिलो गरी बाहिरियो नेपालबाट मनसुन

न्भेष्टाेपेपर । असाेज २६, २०८१

काठमाडौँ — यस वर्ष नेपालबाट  मनसुन बाहिरिएको छ । जल तथा मौसम  विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने  सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको छ । 

महाशाखाका अनुसार शनिबार यस वर्षको मनसुन वाग्मती, मधेश र कोशी प्रदेशबाट बाहिरिएको छ । असोज २२ गते(अक्टोबर८) मा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिइसकेको थियो । त्यस्तै त्यसै दिन काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरिएको थियो ।

त्यस्तै असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको पनि महाशाखाले शनिबार बुलेटिनमार्फत जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *