ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजा अन्तर्गतका होटलमा विशेष छुट

न्भेष्टाेपेपर । कात्तिक ८, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “ठमेल प्लाजा हाेटल र स्वीटस्” अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकले काठमाडौंको ठमेलस्थित “Ramada Encore” मा १५% र पोखराको लेकसाइडस्थित “Dahila Boutique Hotel मा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत  हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *