सुनको मूल्यमा निरन्तर गिरावट

न्भेष्टाेपेपर । कात्तिक २८, २०८१

काठमाडौँ ।  बुधबार स्थानीय बजारमा पहेँलाे धातु सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ६२ हजार दुई सय रुपियाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा भने बुधबार वृद्धि भएको छ । महासंघका अनुसार मङ्गलबार एक हजार ९२५ रुपियाँमा खरिदबिक्री भएको चाँदी बुधबार भने एक हजार ९४० रुपियाँ कायम भएको छ ।  दुई सातामा सुनको मूल्य प्रतितोला आठ हजार आठ सय रुपियाँ घटेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *