आज शक्ति प्रदर्शन गर्दै एमाले

न्भेष्टाेपेपर । मंसिर ७, २०८१

काठमाण्डाैँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा  जागरण सभा आयोजना गर्न लागिएको हो । 

एमाले विधिको शासनमा  र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्। जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। 

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको  छ  ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *