माधवी अर्यालको स्वर तथा केकी अधिकारीकाे अभिनयमा “काफल गेडी” सार्वजनिक

इन्भेष्टाेपेपर ।  फागुन ७, २०८१

काठमाडौँ । गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको रचनामा रहेको गीत “काफल गेडी” सार्वजनिक भएको छ। नेपाली पूर्वीय मौलिक लोकलयको आधारमा बनेको गीतमा संगीतकार नारायण ओलीको संगीत र गायिका माधवी अर्यालको स्वरमा सजिएको छ ।

ख्याम्टा बिटमा रिदम फास्ट भएको गीत भएता पनि यस गीतले मनोरन्जन र आत्मरन्जन दुवै प्रदान गर्दै झ्वाट्ट आई स्वाट्ट हराउने नभएको संगीतकार ओलीले बताए। गीतलाई श्याम स्वेत रसाइलीले एरेन्ज गरेका हुन् । नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियोमा गीतको भावअनुसार गाँउले परिवेश र साथीसंगीहरुको संगतमा रहेको देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाई को छायांकन र विकास धमलाको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चेतन कार्की र नारायण ओलीको गहिरो सम्बन्ध बाट सृजित यो सृजना गायिका माधवी अर्यालको लागि भने लक्की साबित हुनेमा बिश्वास गर्न सकिन्छ।

स्वर्गीय चेतन कार्कीसंग धेरै गीतहरुमा सहकार्य गरिसकेका संगीतकार ओलीले एउटा शसक्त गीत “काफल गेडी” मा गायिका माधवी अर्यालसंग सहकार्य गरेका छन् जसले गायिका माधवी अर्याललाइ सफल गायिकाको रुपमा चिनाउने छ । फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *