नेपाल एफएटीएफको ग्रे लिस्टमा

न्भेष्टाेपेपर ।  फागुन १०, २०८१

काठमाण्डाैँ । सम्पत्ति शुद्धीकरण निवारणका शर्तहरु कार्यान्वयन गर्न नसक्दा नेपाल २ वर्षको लागि ‘ग्रे लिस्ट’मा परेको छ।

फ्रान्सको पेरिसमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो।  शुक्रबार फ्रान्सको पेरिसमा बसेको एफएटीएफको बैठकले औपचारिक रुपमा यो निर्णय गरेको छ। 

राष्ट्र बैंकका अनुसार एफटीएफले राखेका ४० शर्तमध्ये नेपालले २१ वटा मात्रै पूरा गरेको छ। एफएटीएफको क्षेत्रीय कार्यालय एसिया प्यासिफिट ग्रुप अफ एन्टिमनी लन्डरिङ (एपीजी)ले २०२३ मा नेपालको मूल्यांकन गरेको थियो। 

मूल्यांकनको आधारमा नेपाललाई १ वर्षको ‘अब्जरभेसन’ अवधि दिइएको थियो। त्यसपछि नेपाललाई मोनिटरिङमा राखेको थियो। नेपालको कार्यान्वयन अवस्था कमजोर हुँदा नेपाल कालोसूचीमा परेको थियो।  

एफटीएफले नेपालको कानुन, संरचना मात्रै नभई त्यसको कार्यान्वयनको अवस्था समेत विश्लेषण गर्छ। देशभित्रको आर्थिक तथा वित्तीय प्रणाली कसरी चलिरहेको छ र आर्थिक अपराधलाई घटाउन कस्ता गतिविधि भएका छन् भन्नेबारे विश्लेषण गरी अध्ययन गर्छ। आर्थिक अपराधबाट गरेको आम्दानीलाई जफत गरेको छ वा छैन भन्ने विषयलाई समेत हेरेर अहिले नेपाललाई ‘ग्रे लिस्ट’मा राखिएको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *