अस्थिरतामा रम्न चाहनेहरू सरकारको आयुबारे हल्ला चलाउँछन् : महासचिव पोखरेल

न्भेष्टाेपेपर ।  फागुन १७, २०८१

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनु भएकाे छ ।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको काठमाडौंमा प्रथम अधिवेशन आज उद्घाटन गर्दै उहाँले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउने मुलुकमा अस्थिरतामा रम्न चाहनेहरू रहेको बताउनु भयाे । ‘कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ ।

एकएक महिनामा एउटाएउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ,’ उहाँले भन्नुभयाे, ‘त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।’

महासचिव पोखरेलले आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताउनु भयाे । राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको उहाँको भनाइ थियो ।

अहिले सरकारले ल्याउन लागेका छ वटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको उहाँले बताउनु भयाे ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई संकटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताउनु भयाे । होटल व्यवसायको सेवा विस्तारबिना पर्यटनको सम्भावना नरहेको उहाँको भनाइ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *