सेवन्तक पोखरेल कृषि विकास बैंक संचालक समितिको सदस्यमा नियूक्त

न्भेष्टाेपेपर ।  फागुन २०, २०८१

काठमाण्डाैँ । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सेवन्तक पोखरेल मनोनयन हुनु भएको छ ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य पोखरेललाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *