लोक सेवाको परीक्षा भन्दा चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

न्भेष्टाेपेपर ।  चैत ४, २०८१

काठमाडौँ । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गर्नु गलत भएको बताउनु भएकाे छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताउनुभयाे ।

संसद्ले लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ।

सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने कार्य मौलिक अधिकारबाट वञ्चित गर्ने कार्य भएको बताउनुभयाे । उहाँले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग समेत राख्नुभयाे।

उहाँले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताउनुभयाे। उहाँले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताउनु भयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *