ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिप्लिनरी क्लिनिक’

न्भेष्टाेपेपर ।  चैत १०, २०८१

काठमाण्डौँ । मानसिक तथा शारिरीक अपांगता भएका बालाबालिकाहरुको उपचार गर्ने उदेश्यले टाेखा स्थित इशान बाल तथा महिला अस्पतालले ‘मल्टी डिसिप्लिनरी क्लिनिक’काे शुरूवात गरेकाे छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले शनिवार उक्त कार्यक्रमकाे उदघाटन गरेका हुन । उनले पछिल्ला बर्षहरुमा फरक खालका विरामीहरुको संख्या बढीरहेको र सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुबिधा तारिफयोग्य भएको बताए ।

त्यसैगरी कार्यक्रममा ०५२ सालमा स्थापना भएर अगाडी बढेको इशान बाल तथा महिला अस्पतालको सेवा सुविधा र गरेका कामहरुको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामानन्द चौधरीले सविस्तार बताएका थिए । ईशान हस्पिटलले जन्मे देखि १८ बर्षसम्म उमेरका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा आफुहरुले सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसुती मात्र नभएर सवै खालका रोगहरुको सेवा सुरु गरिएको बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, निजी अस्पताल संघका अध्यक्ष डा पदम बहादुर खड्का लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *