सुनचाँदीको मूल्य घट्दो क्रममा

न्भेष्टाेपेपर ।  वैशाख २१, २०८२

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ मा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *