नयाँ वर्षको पहिलो दिन सुनचाँदीको भाउमा बृद्धी
न्भेष्टाेपेपर । वैशाख १, २०८३
काठमाण्डौ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।
हिजो अर्थात चैत्र ३० गते ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० मा कारोरबार भएको सुनको भाउ आज ३ हजार १ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ४ हजार ९०० रुपैयाँ थियो ।
