आज बकर इद मनाइँदै,सार्वजनिक बिदा

इन्भेष्टाेपेपर ।  जेष्ठ १४, २०८३

काठमाण्डाैँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरिन्छ । 

यस अवसरमा दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवतअनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *