लिग चरणका खेल समाप्त, अन्तिम ३२ को समीकरण पूरा

इन्भेष्टाेपेपर ।  असार १४, २०८३

काठमाडौँ । विश्वकप २०२६ को लिग चरणका सबै खेल आज सकिएका छन् र प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । त्यससँग प्रतियोगिताको अन्तिम ३२ चरणको समीकरण पूरा भएको हो ।

त्यस अनुसार आइतबार दक्षिण अफ्रिका र क्यानाडा खेल्नेछन् । सोमबार तीन खेल रहेका छन् र त्यसमा ब्राजिलले जापान, जर्मनीले पाराग्वे तथा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्नेछन् ।

मंगलबारका तीन खेलमा आइभरीकोस्ट र नर्वे, फ्रान्स र स्विडेन तथा मेक्सिको र इक्वडेर भिड्ने छन् । बुधबार अमेरिका र बोस्निया एन्ड हर्जगोभिना, बेल्जियम र सेनेगेल तथा इंग्ल्यान्ड र डीआर कंगोले एक आपसको सामना गर्नेछन् ।

बिहीबार स्पेन र अस्ट्रिया, फोर्चुगल र क्रोएसिया, स्विटजरल्यान्ड र अल्जेरियाबीचको खेल हुनेछन् । यस्तै शुत्रबार अस्ट्रेलिया र इजिप्ट, अर्जेन्टिना र केप भार्डे तथा कोलम्बिया र घाना वीच खेल हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *