आज देखि भरी सिलिन्डरका ग्यास
इन्भेष्टाेपेपर । असार ३१, २०८३
काठमाडौँ । अब बजारमा उपभोक्ताले भरी तौल भएका ग्यास सिलिन्डर खरिद गर्न पाउने छन् ।
नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर (१४.२ केजी) को ग्यास बिक्री गर्ने निर्णय गरेको जनाएको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्रीवितरण गर्दै आएको थियो । निगमले विज्ञप्ति जारी गरी बुधबारदेखि मुलुकभरि नै साबिककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपियाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म भने दुवै सिलिन्डरको बिक्री हुने निगमले जनाएको छ । आधा तौलको ग्यास सिलिन्डर एक हजार ३० रुपियाँ मूल्य रहेको छ । पश्चिम एसियाली मुलुकमा भएको युुद्धका कारणले बजारमा ग्यासको माग ह्वात्तै बढ्दै गएपछि आपूर्ति व्यवस्था सहज बनाउन निगमले आधा तौलको सिलिन्डर वितरण गरेको थियो ।
