मेसी र यमलको अनौठो संयोग : १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी

इन्भेष्टाेपेपर ।  असार ३२, २०८३

काठमाडौँ ।  अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन स्टार स्ट्राइकर लियोनेल मेसीले बाल्यकालमा नुहाइदिएका एक शिशु आज उनैका विरुद्ध विश्वकपको फाइनलमा प्रतिस्पर्धीका रूपमा मैदान उत्रिँदै छन् । ती शिशु हुन्- स्पेनका उदीयमान युवा खेलाडी लामिन यमल ।

यो संयोग १९ वर्षअघिको हो, जतिबेला संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को एउटा परोपकारी कार्यक्रमका लागि मेसी अनुबन्धित थिए । सोही कार्यक्रमअन्तर्गत मेसीलाई माटारो गाउँको एउटा परिवारसँग जोडिएको थियो ।

त्यस क्रममा बार्सिलोनाको ‘क्याम्प नोउ’ रङ्गशालाको ड्रेसिङ रुममा मेसी र ती शिशुबिच भेट गराइएको थियो । आधा पानी भरिएको प्लास्टिकको बाटामा राखिएका पाँच महिनाका ती बालकलाई मेसीले नुहाइदिनुभएको थियो  भने काखमा राखेर खेलाउनु पनि भएको थियो । 

वर्षौँअघि मेसीले काखमा लिएका तिनै बालक सोमबार बिहान हुने फाइनल भिडन्तमा स्पेनको टोलीबाट मेसीकै विरुद्ध मैदानमा देखिँदै छन् । १९ वर्षअघि खिचिएको उक्त ऐतिहासिक तस्बिर यतिबेला संसारभर भाइरल बनेको छ, जसले विश्वभरका फुटबलप्रेमीलाई अचम्मित तुल्याएको छ । 

याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *