फिफा विश्वकप-२०२६ काे उपाधि स्पेनकाे पाेल्टामा

इन्भेष्टाेपेपर ।  साउन ४, २०८३

काठमाडौँ ।  २३औँ संस्करणको फिफा विश्वकप उपाधि स्पेनले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । 

१६ वर्षपछि विश्वकप उपाधि जितेको स्पेनको यो दोस्रो विश्वकप उपाधि हो । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।  

अर्जेन्टिनाबिरुद्ध खेलको सुरुवातदेखिनै सानदार प्रदर्शन गरेको स्पेनले अतिरित्त समयमा पुगेर निर्णायक गोल गरेको थियो । स्पेनको जितमा फेरान टोरेस नायक बन्नुभयो । 

टोरेसले एक सय ६ मिनेटमा निको विलियम्सको पासमा उत्कृष्ट गोल गर्नुभएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । 

खेलकाे ९०औँ मिनेटमा एन्जो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए पछि अर्जेन्टिना १० खेलाडीमा समेटिएकाे थियाे ।

अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना चकनाचुर भएपछि महान फुटबलर लियोनल मेस्सी भाबुक बन्दै उपविजेताको मेडल थाप्न बध्य हुनुभयो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए पनि याे विश्वकप जिताउन भने सफल हुनुभएन । 

गोल्डन बुट बाहेक अरू सवै उपाधि स्पेनका खेलाडिकाे पोल्टामा 

विश्वकप गोल्डेन बुट अवार्ड फ्रान्सका कप्तान केलियन एमबाप्पेले जित्नुभएको छ । एमबाप्पेले सर्वाधिक १० गोल गर्दै यस पुरस्कार जित्नुभएको हो । उहाँ लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने खेलाडी समेत बन्नुभएको छ । 

गोल्डन बुट बाहेक अरू सवै उपाधि स्पेनका खेलाडिकाे पोल्टामा पर्याे। गोल्डेन बल अवार्ड स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज, गोल्डल ग्लोब स्पेनका गोलरक्षक उनाई सिमोन र फिफा योङ प्लेयरको उपाधि स्पेनकै पाउ कुर्बासीले जित्नुभयो । 

विजेतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरस्कार प्रदान गर्नुभयो । विश्वकपमा पहिलो पटक ४८ टोलीबिच प्रतिस्पर्धा भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *