नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच २० प्रतिशतसम्म छुटकाे सम्झाैता

इन्भेष्टाेपेपर ।  साउन २०, २०८३

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा बिरामी दर्ता र चेकअप शुल्कमा १०० प्रतिशतसम्म तथा अस्पतालका विभिन्न सेवामा लाग्ने शुल्कमा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यस सम्झौताले नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय दन्त तथा स्वास्थ्य उपचार सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

आधुनिक बैंकिङ प्रविधि र गुणस्तरीय ग्राहक सेवामार्फत बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *