आज सुनचाँदीको भाउमा गिरावट

इन्भेष्टाेपेपर । भाद्र १७, २०८३

काठमाण्डौ । आज एकैदिन सुनको भाउ तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ ।

हिजो एक सय रुपौयाँले बढेको सुन आज तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकैदिन धेरै घटेको हो । आज चाँदीको भाउ पनि १८५ रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७६५ रुपैयाँ  कायम रहेकोमा आज चाँदीको भाउ १८५ रुपैयाँ घटेर आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *