अनु चौधरी र हसन राइको सुमुधुर स्वरमा ‘दशैं आयो’ सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । आश्विन २६, २०८३
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँकाे अवसरमा पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको ‘दशैं आयो’ बाेलकाे गीत सार्वजनिक भएको छ ।
प्रसिद्ध गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको यस गीतमा सुनिल राईको एरेन्ज रहेको छ।
नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ ।
उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन् ।
