आज सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

इन्भेष्टाेपेपर । कार्तिक १९, २०८३

काठमाण्डौ । सुनको भाउ आज बिहीवार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।

यसअघि हिजो सुन तोलामा ६०० र अस्ति ७०० रुपैयाँले बढेको थियो । हिजो तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलाको २ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २६५ रुपैयाँ बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च दरले बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *