क्रिकेटः एनपीएल तेस्रो संस्करणको प्लेअफ समिकरण पूरा

इन्भेष्टाेपेपर । कार्तिक ३०, २०८३

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।

हिजो भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डौ गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको स्थान निर्धारण भएको हो । सात खेलबाट लुम्बिनी लायन्सले ११ अंक, सुदूरपश्चिम रोयल्सले १० अंक, काठमाण्डौ गोर्खाजले ८ अंक र चितवन राइनोजले ७ अंक हासिल गरेका थिए।

अब क्वालिफायर वानमा साविक विजेता लुम्बिनी लायन्स र दाेश्राे संस्करणकाे उपविजेता सुदूरपश्चिम रायल्स खेल्नेछन् । इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । क्वालिफायर वान भोलि हुनेछ, इलिमिनेटर पर्सि र बिहीवार क्वालिफायर टु हुनेछ ।

क्वालिफायर वानको पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।

हिजाे भएकाे खेलमा कर्णाली याक्सले चितवन राइनाेजलाइ र पाेखरा एभेन्जर्सले काठमाण्डाै गाेर्खाजलाइ पराजित गरेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *