सुनचाँदीकाे भाउमा निरन्तर गिरावट, आजकाे मूल्य कति ?
इन्भेष्टाेपेपर । मंसिर ४, २०८३
काठमाण्डौ । एक हप्तायता लगातार घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज १२ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
गएको शुक्रबार यता मात्रै सुन तोलामा ३९ हजार ७०० रुपैयाँले घटेको छ । सुनको भाउ हिजो ३ हजार ३०० रुपैयाँँले, अस्ति बुधवार ६ हजार ३०० रुपैयाँले, मंगलबार १ हजार ९०० रुपैयाँले, सोमबार १ हजार १०० रुपैयाँले, आइतबार १ हजार ५०० रुपैयाँले र त्यसअघिको शुक्रबार एकैदिन १२ हजार ६०० रुपैयाँले घटेको थियो । अघिल्लो शुक्रबार सुन तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि एकैदिन २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि शुक्रबार यता सुनसँगै आरोलो लाग्ने क्रम रोकिएको छैन । चाँदी हिजो तोलाको तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुने गर्छ ।
