आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल
इन्भेष्टाेपेपर । मंसिर ४, २०८३
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह तथा प्रदेश तहको निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ ।
आयोगले निर्वाचनको मिति, निर्वाचन व्यवस्थापन तथा स्थानीय तह र प्रदेश तहको निर्वाचन एकैपटक वा छुट्टाछुट्टै गर्ने विषयमा दलका नेताहरूसँग छलफल गरेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
निर्वाचन आयोगले आज बिहान ११:३० बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा आमन्त्रण गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसलाई ध्यानमा राख्दै आयोगले निर्वाचनको मिति निर्धारण तथा आवश्यक तयारीका विषयमा राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने आयोगको तयारी छ ।
