विश्वको सबैभन्दा महंगो डिभोर्सको मूल्य ३६ अर्ब डलर। पाउने महिला धनीको सूचीमा आइन्।
अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी मेकेन्जीले विश्वकै अहिले सम्मको महङ्गो डिभोर्स गरेका छन्। बेजोसले डिभोर्स पश्चात आफ्नी पत्नीलाई ३६ अर्ब डलर तिर्ने सम्झौतामा सहमति गरेका छन्।
यति ठूलो रकम हात पारेकी मेकेन्जी सबैभन्दा धनी महिलाको सूचीमा चौथो नम्बरमा उक्लेकी छिन्। यत्रो रकम दिए पश्चात पनि बेजोसको नेटवर्थ १.१४ खर्ब भएको कारण उनी धनी ब्यक्तिको सूचीमा पहिलो स्थानमा नै कायम छन्।
बेजोसले आफ्नो अमेजनको १६ प्रतिशत मध्य ४ प्रतिशत शेयर मेकेन्जीलाई दिएका छन्।
डिभोर्सको प्रमुख कारण भने बेजोसको प्राइभेट अफेयरको खुलासा हुनुलाई मानिएको छ।
