भर्खरै आईपीओ जारी गरेको आशा लघुबित्तको तेस्रो त्रैमासिक प्रतिवेदन हेर्नुहोस्।
हालसालै आईपिओ जारी गरेको आशा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुबित्तको पूँजी वृद्धि सँगै खुद ब्याज आम्दानीमा वृद्धि भएको हो जसले गर्दा लघुवित्तको नाफा बढेको छ । आइपिओ जारी गरेर कम्पनीले चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुर्याएको छ। यस्तै लघुवित्तको जगेडा कोषमा एक करोड ४३ लाख रुपैयाँ सञ्चित छ जुन अघिल्लो वर्षको यही अवधि सम्म माइनसमा थियो ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लघुिवत्तले ४० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था मार्फत एक अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबर ऋण लिएको छ र एक अर्ब ५८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
साथै लघुवित्तले ७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुबित्तको खराब कर्जा अनुपात भने ०.७३ प्रतिशतबाट बढेर २.६७ प्रतिशतमा पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९० पैसा छ ।
