मेरो माईक्रोफाईनान्सको हकप्रद बाँडफाँड, नबिकेको लिलामीमा आउने।
मेरो माईक्रोफाइनान्सले १ः१ अनुपातमा जारी गरेको हकप्रद बाँडफाँड भएको छ। कम्पनीले सूचना जारी गर्दै २५,१७२ जना आबेदकलाई ३० लाख ७९ हजार ३५१ कित्ता शेयर बाँडफाँड गरेको छ।
कुल ३२ लाख ८९ हजार कित्ता जारी गरेको कम्पनीले विक्री नभएको २ लाख ९ हजार ६ सय उनचास कित्ता शेयर लिलामीमा ल्याउने छ।
गलत आवेदन दिएका आवेदकहरुको पैसा भने कम्पनीले बैशाख २३ गते बाट सिधै बैंक खातामा पठाउने छ।
राईट शेयर समायोजन पछि कम्पनीको अधिकृत पुँजी ६५.७८ करोड हुनेछ।लघुबित्त कम्पनीको शेयरको अन्तिम कारोबार मूल्य रु. ६४० रहेको छ।
राम्रो प्रगति देखाएको कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्।
