भाेली ११ गते बुधबार दुई कम्पनीको साधारण सभा

Investopaper, असार १०, २०७६ 

भाेली बुधबार २०७६ साल असार ११ गते दुई कम्पनीको साधारण सभा हुने भएको छ । साधारणसभा गर्ने कम्पनीहरू अपर तामाकोशी हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. हुन ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहान ११ वजे हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन माथि छलफल र संचालकको निर्वाचन हुने भएको छ । सभाका लागि बुक क्लोज जेठ २१ गतेदेखि असार ११ गतेसम्म बन्द रहेको छ । उक्त सभामा जेठ २० गतेसम्म कायम शेयधनीमात्र सहभागी हुन सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को पनि ११ औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा हुने भएको छ । सभामा १२ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६३१६ प्रतिशत नगद लाभांश र हकप्रद शेयर पारित गर्ने भएको छ । सभाका लागि बुक क्लोज जेठ २८ गतेदेखि असार ४ गतेसम्म बन्द गरेको थियो । उक्त लाभांश जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *