राष्ट्र वैंकले वाणिज्य वैंक, बिकास वैंक र फाइनान्ससंग छुट्टाछुट्टै छलफल गर्दै

Investopaper, असार १२, २०७६ 

माैद्रिक नीति आउनलागेकाे अवसरमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसंगको छलफललाई तिब्रता दिएको छ  । राष्ट्र बैंकले बाणिज्य बैंकहरुको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई मर्जरको बिषयमा छलफल गर्न आज (बिहिबार) याक एण्ड यति होटेलमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको हो ।

छलफल याक एण्ड यति होटेलको क्रिस्टल हलमा सुरु भएको छ  । छलफलमा बाणिज्य बैंकका अधिकांश सीइओ र अध्यक्ष उपस्थित छन्  । बाणिज्य बैंकका अध्यक्ष र सीइओसंग छलफल पछि राष्ट्र बैंकले दिउँसो विकास बैंकका अध्यक्ष र सीइओसंग छलफल गर्न लागेको हो  ।

राष्ट्र बैंकले विकास बैंकका सीइओ र अध्यक्षलाई १ बजे होटेल याक एण्ड यतिमा डाकेको छ  । विकास वैकका अध्यक्ष तथा सीइओहरूकाे छलफल पश्च्यात फाइनान्स कम्पनीहरूसंग छलफल हुनेछ ।

राष्ट्र वैंकले जनाए अनुसार अपरान्ह ४ बजे फाइनान्स  कम्पनीका सीइओ र अध्यक्षहरुलाई छलफलको लागि बोलाइएको छ  ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *