‘अदुवा खाई सभा बस, मुला खाई बन पस’ : तर मुला खानाले हुने १० फाइदाहरू ..

Investopaper, श्रावण ०६, २०७६

नेपालीमा एउटा उखान नै छ ‘अदुवा खाई सभा बस, मुला खाई बन पस ।’ यसको अर्थ मुला खाएपछि आउने डगारको गन्धले वरपर बसेका मानिसलाई भगाउँछ । मुलाको प्रयोग सहि तरिकारले गर्न सकियो भने वरपर बसेका मान्छेलाई चाहि होइन, शरिरमा रहेका रोगलाई भने पक्कै भगाउछ ।

तर यो उखानमा भने जस्तो मुला खाएमा वन पस्नु भने पदैँन हैं, यो असाध्यै गुणकारी खाद्य बस्तु हो । धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। त्यसैले आउनु होस आज हामी प्राय नेपालीको भान्सामा नटुट्ने मुलाका बारेमा जानकारी लिऔँ ।

मुला खानाले हुने १० फाइदाहरूः

१. क्यान्सरबाट बचावट : क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मुलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन्।

सय ग्राम मुलामा ३६ प्रतिशत भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ। मुला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन्।

२. यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। मुलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले शरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ।

३. रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ।

४. वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ। मुलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ। १ सय ग्रामको मुलामा १८ क्यालोरी मात्र इनर्जी हुन्छ। त्यसैले मुला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन।

५. दमका रोगीका लागि समेत मुलाको सेवन हितकर हुन्छ। मुलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ।

६. मुलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

७. मुलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ।

८. दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मुलाको सेवन उपयोगी हुन्छ।

९. मुलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ।

१०. गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मुलाको सेवन निकै फाइदाजनक हुन्छ। मुलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *