लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Investopaper, श्रावण २७, २०७६

लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५% नगद लाभांश वितरण गर्न साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, आज (साउन २७) सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन १६ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५% नगद दिने घोषणा गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ । दोस्रो बजारमा आइतबार प्रतिइकाई १० रुपैयाँ ८९ पैसामा कारोबार भएको छ।

यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवर्धन गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *